हर्क याक्सोको कृति “नेपालका प्रमुख धर्महरू”को लोकार्पण

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एक भव्य समारोहबीच ०७५ साल पुष १४ गते शनिबारका दिन अनामनगर,काठमाण्डौमा श्रष्टा हर्क याक्सोको कृति “नेपालका प्रमुख धर्महरू”को लोकार्पण भएको छ।सोही अवसरमा संस्थाले स्रष्टा हर्क याक्सोलाई अभिनन्दन समेत गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति,प्रमुख अतिथि श्री गंगाप्रसाद उप्रेतीले कृतिको लोकार्पण एवम स्रष्टालाई अभिनन्दन गर्दै याक्सोले बिभिन्न धर्मका विविधताहरूलाई पुस्तक मार्फत संक्षिप्त परिचय दिंदै नेपाल भित्रका धर्महरूको स्थिति उजागर गर्न सफल भएको र यस्ता खोजमुलक ग्रन्थले समाजको उत्थानमा महत्वपूर्ण सहयोग गर्ने कुरा बताउनु भयो।संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले स्वागत मन्तव्य दिंदै संस्थाका गतिविधिहरू बारे जानकारी प्रस्तुत गर्नु भयो।
प्रसाईले स्रष्टा याक्सो र उहांको कृति बारे बोल्दै धर्मको बिषय बस्तुलाई गहन ढंगले केलाईएको र ईतिहासका बिभिन्न कालखण्डसंग जोडिंदै आएका मानव सभ्यताका विविध पक्षहरू बुझ्न यो ग्रन्थ उपयोगी हुने कुरा व्यक्त गर्नु भयो। लेखक हर्क याक्सोलाई शुभकामना दिंदै उहांको लेखन पक्ष, संघर्ष र ऐतिहासिकतासंग जोडिएर पूर्व सभासद नन्दकुमार प्रसाई,पूर्व राजदूत प्रल्हादकुमार प्रसाईले याक्सोको सरल, सादगी, ईमान्दारीपन एवम अध्ययनशील छविको बारेमा चर्चा गर्नु भयो।
यसैगरि पूर्व मन्त्री हरिप्रसाद न्यौपाने,पूर्व निर्वाचन आयुक्त एवम राजदूत डा. रामभक्त ठाकुर र संस्थाका बरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले पनि संघर्षशील र मेहनती याक्सोले अझ नयां कृतिहरू पस्कनु पर्छ भन्दै शुभकामना दिनु भयो। कार्यक्रममा सचिव कोपिला सिवाकोटीले शुभकामना गीत प्रस्तुत गर्नु भयो।धार्मिक सद्भाव र एकता एवम आपसी समझदारी बढाउन यस कृतिको गहन महत्व हुने कुराको बारेमा बरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेती,उपाध्यक्ष तेजेन्द्र प्रसाई, बरिष्ठ सदस्य अस्मिता भण्डारीले पनि आफ्ना भनाईहरू राख्नु भयो।
यसैगरि विमोचित कृतिको बारेमा व्यापक चर्चा गर्दै प्रा. फणिन्द्र निरौलाले यो खोजमूलक कृतिले नेपालका विधमान धर्म एव धार्मिक मान्यताका विविध पाटाहरूलाई प्रमाणिक ढंगले केलाईएको र यसले याक्सो राम्रा अनुसन्धाता समेत रहेको चर्चा गर्नु भयो। यस्तो गहन कृति ल्याउने लेखकले बगाएका पसीना र मेहनतको चर्चा गर्दै आउंदो संस्करण निकाल्दा केही परिष्कारको खांचो हुनु पर्ने कुरा समेत औल्याउनु भयो।
यसैगरि संस्थाले नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ प्रा. डा. उषा ठाकुर, प्राज्ञ सभाकी सदस्य एवम संस्थाकी बरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेतीलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको छ।
कार्यक्रमका मुख्य आकर्षण रहनु भएका कृति लेखक हर्क याक्सोले यसरी यो संस्था बाट आफ्नो कृति लोकार्पण भएको,संस्थालेआफुलाई अभिनन्दन समेत गरेर अपार मायां दिएको र यो माहौल जुटाईदिंदा सांच्चैनै आफू भावविभोर भएको कुरा बताउनु भयो।लेखकलाई आलोचना, समालोचना, सम्मान र हौसलाले अघि बढ्न सहयोग गर्छ भन्दै याक्सोले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो।
याक्सोको पुस्तकलाई विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो।
कार्यक्रममा कविता/गजल वाचन गरेर वातावरणलाई थप रोचक बनाउने कविहरूमा कल्पना प्रसाई पाठक,रश्मी रिमाल,तेजेन्द्रकुमार प्रसाई, डा. रामभक्त ठाकुर हुनुहुन्थ्यो।संस्थाकी बरिष्ठ सदस्य राधिका दाहालले कार्यक्रम व्यवस्थित र कुशल ढंगले संचालन गर्नु भएको थियो। यसैगरि कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन संस्थाका महासचिव पुकार तिमिल्सिना,कोषाध्यक्ष रीता सिवाकोटी,सह कोषाध्यक्ष विनोद श्रेष्ठ, सदस्य तीर्थ दाहाल,आजीवन सदस्य ई.नरहरि खरेल, माधव बुढाथोकी,सदस्य पवन प्रसाई, गुन्जन उप्रेती,बुध्दिप्रसाद आचार्य,सरोज याक्सोको उल्लेखनीय भूमिका रह्यो! करीब १०० जनाको संख्यामा उपस्थित साहित्य अनुरागीहरूमा समाजका लब्ध प्रतिष्ठित व्यक्ति,बिभिन्न संघ संस्थाका पदाधिकारी,बुध्दिजिबी, प्राध्यापक र राजनितिज्ञ, पत्रकार र साहित्यकारहरू हुनुहन्थ्यो।कार्यक्रमको अन्त्यमा संस्थाका गतिविधिलाई उजागर गरेर कृतिको अनुसन्धनात्मक पक्षलाई प्रकाश पार्दै सल्लाहकार किशोर उप्रेतीले कार्यक्रमको बिट मार्नु भयो।
क्याटेगोरी : विशेष
ट्याग : #विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्