लागूऔषध दुर्व्यसनी विरुद्ध चितवन प्रहरीको सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एसईई दिएर बसेका विद्यार्थीहरुलाई आज (सोमबार) “लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक प्रशिक्षण कार्यक्रम” सम्पन्न गरेको छ ।
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भरतपुर महानगरपालिका १० स्थित ग्लोबल होटलमा जिल्ला प्रहरी कार्यालय चितवन र सृर्जनशील समाज नेपालको संयुक्त आयोजनामा आयोजनामा विभिन्न विद्यालयहरुबाट एसईई दिएर वसेका अन्दाजी १८५ जना छात्रछात्राहरु लाई लागु औषध दुर्व्यसनी तथा त्यस सम्बन्धि कानुनी प्रावधानको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन बिष्टले लागूऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यार्थीलाई लागूऔषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागूऔषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागूऔषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्छन् ? वर्तमान समयमा युवापुस्ताहरु तिव्रगतिमा लागूऔषध दुरुपयोग बढ्नुको कारण र यसलाई कसरी नियन्त्रण गर्ने तथा युवाहरुको भूमिका बारेमा “लागूऔषध दुर्व्यसनी विरुद्ध जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त सचेतनामुलक प्रशिक्षण कार्यक्रममा सृजनशील समाज नेपालका अध्यक्ष श्री विनोद ढकालको सभापति एवं प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका वर्डा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले सहित प्रहरी अधिकृत लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्