४ वर्षीया बालिकाको बलात्कारपछि हत्या

वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ गतेदेखि नै हराइरहेकी थिइन् । बेलुका ७ बजेसम्म घर नआएपछि परिवारले खोजी सुरु गरे । अभिभावकले छरछिमेक, साथीभाइ र आफन्त सबैसँग सोधखोज गरे । तर उनी फेला परिनन् ।
भोलिपल्ट साउन ६ गते शुक्रबार हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिए । प्रहरीले खोजी गर्दै थियो । छिमेककै अन्दाजी १२ वर्षीय बालकले बालिकाको शव झाडीमा रहेको भनी अभिभावकलाई खबर गरे । साउन ७ गते बिहान वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा विभत्स अवस्थामा बालिका मृत भेटिइन् । अभिभावकहरुले शव उठाएर घरमा ल्याए ।
मैनुदिन भन्छन्, ‘नातिनीको खोजतलास र चिन्ताले राति अबेरसम्म निद्रा परिरहेको थिएन, बिहान म सुतेकै थिएँ, छिमेककै १२ वर्षीय किशोरले नातिनीको शव झाडीमा छ भनेको रहेछ । बुहारीसहित घरका सदस्य सबै दौडदै घटनास्थल पुगेछन् । शव उठाएर ल्याएछन् ।’ घरका सदस्यहरुले शव घरमा ल्याइसकेपछि बिहान ७ बजेतिर मात्रै प्रहरीले शव भेटिएको खबर पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल सहितको टोली घटनास्थल अनुसन्धानका लागि पुग्यो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #४ वर्षीया बालिकाको बलात्कारपछि हत्या, #बलात्कार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्