Techie IT
बुधबार, माघ २३,२०८१

तीन वर्षीया बालिका बलात्कार गरी हत्याको प्रयास


दाङ । दाङमा तीन वर्षीया बालिका बलात्कार गरी हत्या प्रयास भएको छ ।

बबई गाउँपालिका-५ की ३ वर्षीया बालिकालाई सोही ठाउँका १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कारपश्चात भीरबाट खसालेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

बालिकाको सुनको मुन्द्रा लुटेर भीरबाट करिब ५० मिटर तल खसालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार बालिकाका परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजेदेखि नै ती बालिका किशोरको साथमा थिइन् । प्रहरी घटनास्थल पुग्दा बालिकालाई पानी प्यासले रोइरहेको अवस्थामा भेटेको अर्यालले बताए ।

बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बलात्कारमा संलग्न किशोर प्रहरी हिरासतमा छन् । ती किशोर यसअघि पनि चोरीका घटनामा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बालिका बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545