Techie IT
मंगलबार, वैशाख ९,२०८२

सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरियोः महासचिव पोखरेल


सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

यसअघि माओवादीबाटै विधेयक रोक्ने कार्य भएको भन्दै पोखरेलले प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनु शंकास्पद भएको बताए ।

संसदबाट विधेयक पारित भएपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने ।

पोखरेलले आगामी साउन १६ गते नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने बताए ।

उनले सत्ता गठबन्धन र प्रधानमन्त्रीका लागि नेताहरु विदेश धाउन थालेको भन्दै यो लज्जाको विषय भएको टिप्पणी गरे ।

सरकार र गठबन्धन पूर्ण रुपमा असफल भएको र स्वार्थका लागि सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति बढेको पोखरेलको भनाइ छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545