Techie IT
शनिबार, वैशाख ६,२०८२

संघीय संसद् प्रतिनिधि सभा बैठक आज बस्दै


काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।

कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा, #संघीय संसद्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545