Techie IT
सोमबार, वैशाख ८,२०८२

चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ


चितवन । चोरीको मोटरसाईकल र स्कुटरसहित २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका ५ बस्ने २३ बर्षीया समीर महतो र बारा निजगढ नगरपालिका वडा नंम्बर १ घर भई हाल कालिका नगरपालिका वडा नंम्बर ५ बस्ने ३० बर्षीया धन बहादुर वाईवा रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (बिहीबार) छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्य समिर महतोले चोरी गरी ल्याएको स्कुटरको वास्तविक ईन्जिन र च्यासिस नम्बर हटाई अन्य पुरानो स्कुटरको ईन्जिन तथा च्यासिस नम्बर जोडी चलाएको अवस्थामा भरतपुर महानगरपालिका वडा नंम्बर २ बाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । उनलेे चलाएको प्रदेश ०२-०३-०२३ प ००७९ नंम्बर लेखिएको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको स्कुटर सहित उनलाई पक्राउ गरेको प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा उक्त स्कुटर धन बहादुर वाईवाले ल्याएर दिएको बताएपछि प्रहरीले वाइवालाइ समेत नियन्त्रणमा लिएको हो ।

महतोको बयानका आधारमा खोजतलासमा जुटेको प्रहरीले वाइवालाई भरतपुर महानगरपालिका वडा नं. १० स्थित सडकमा नम्बर प्लेट नराखिएको अवस्थामा एन एस कम्पनीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका दुवै विरुद्ध प्रहरीले चोरी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको (एसपी) अधिकारीले जानकारी दिए ।

चितवनमा मोटरसाइकल चोरीका घट्नामा वृद्धि भए संगै प्रहरीले विशेष अप्रेसन नै चलाउदै आएको छ । प्रहरीले सम्भावित स्थानहरूको पहिचान गरि जिल्लाको सुरक्षा ब्यवस्थालाइ मजबुत बनाउँदै लगेको छ । यसअघि प्रहरीले असार १५ गते मात्रै चोरी गरेको मोटरसाइकल खरिद बिक्री गरेको आरोपमा ६ जनालाइ पक्राउ गरेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545