Techie IT
शनिबार, वैशाख ६,२०८२

राष्ट्र बैंकले आजै मौद्रिक नीति ल्याउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

बैंकले ल्याउन लागेको मौद्रिक नीतिका बारेमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरिसकेको छ ।

बैंकका प्रवक्ता गुणाकार भट्टका अनुसार आज विहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्नेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री देउवालाई बिहीबार मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।

शुक्रबार बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति ल्याउने बैंकको तयारी छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री आफैँले अर्थ मन्त्रालयको जिम्मा लिएका छन् ।

आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदामाथि छलफल सकेर ड्राफ्ट तयार पारिन्छ । ड्राफ्टलाई राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुनेछ ।

बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । तर, बोर्ड बैंठकमा सहमति नजुटे पुनः अर्को पटक बैठक बस्दै जान्छन् । यदि आज विहान बोर्ड बैठकमा सहमति भएमा शुक्रबार बेलुका मौद्रिक नीति सार्वजनिक हुनेछ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #नेपाल राष्ट्र बैंक, #मौद्रिक नीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545