Techie IT
बुधबार, वैशाख १०,२०८२

कृषि मन्त्री यादवसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट


काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र उखु तथा कफीको नयाँ जातको आयात तथा मानव संसाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मृगेन्द्रकुमार सिंह यादव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545