पुरातात्विक सम्पदाहरुको संरक्षण विषयक कार्यक्रम सम्पन्न

पुरातात्विक सम्पदाहरुको संरक्षणमा मद्दत पुगोस् भन्ने उदेश्यले सञ्चार केन्द्र नेपालले आज शुक्रबार ‘पुरातात्विक सम्पदाको संरक्षणमा राज्यको भूमिका’ विषयक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौलाले नेपाल विश्वसामु सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण विश्सामु चिनिएकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका बौद्ध, भक्तपुर दरबार स्वायर, पशुपतिनाथ लगायतका सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण नेपाल विश्वसामु चिनिएको बताउनुहुँदै उहाँले भन्नुभयो –‘हाम्रो पहिचान राख्ने यी सम्पदाहरुलाई जोगाउने कर्तव्य हामी सबैको हो ।’
उहाँले ०७२ साल बैशाख १२ गते आएको महाप्रलयकारी भूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण हाम्रो देशभित्र रहेका हजारौं सम्पदाहरु क्षतिग्रस्त भएकाले हाल मुलुकले त्यस्ता सम्पदाहरुको पुर्ननिर्माणका लागि राज्यको बजेट खर्च गरेर पुर्ननिर्माण गरिरहेको बताउनुभयो । नेपालको पहिचान नै धार्मिक र सांस्कृतिक सम्पदाहरु भएकाले यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न हामी सबै नेपालीहरु लाग्नुपर्ने उहाँको तर्क थियो । उहाँले बौद्धनाथ स्तुपा विरुप बनाउने प्रयास थालिएको भन्ने जानकारी पाउँदा दुखी भएको बताउँदै यस्ता विरुप बनाउने तत्वहरुलाई सरकारले कारबाही गर्नुपर्ने र विश्व सम्पदा बचाउनका निम्ति सबै जना लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले पुरातत्व विभागले आफ्नो कार्यहरुलाई तिव्रताका साथ अगाडि बढाएको जानकारी गराउनुभयो । १ सय वर्ष नाघेका सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको खोजी गरी त्यसको संरक्षण गर्ने कर्तव्य विभागको भएकाले त्यस्ता कार्यहरुलाई अगाडि बढाएको जानकारी गराउँदै युनेस्कोले नेपालका थप १५ वटा सम्भाव्य स्थलहरु सूचीकृत गर्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए । त्यसैगरी विभागले भुकम्पबाट क्षतिग्रस्त भएका ७ सय ५३ वटा सम्पदाहरुको पुननिर्माण हुनुपर्नेमा २७ प्रतिशत पूर्ण रुपमा सम्पन्न भईसकेको, ३२ प्रतिशत सम्पन्न हुने क्रममा र बाँकी केही वर्षभित्रै सम्पन्न गर्ने बताउनुभयो । विश्वसम्पदाको सूचीमा रहेको बौद्धनाथको विषयमा गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गर्ने कुरामा आफूँ प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाल बौद्ध महासंघले समेत बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार ७ गते गुठी संस्थानद्वारा नियुक्त चिनियाँ लामा भूपति बज्र लामाले नियुक्ति भएको दिनदेखि नै बौद्धनाथ चैत्यप्रति आस्था राख्ने बौद्ध धर्मावलम्बीहरुलाई प्रत्यक्ष असर पर्ने गरी अशोभनीय कार्यहरु गर्दै आएको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाको भनाई छ ।
अध्यक्ष शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘भूपति बज्र लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य परिसरलाई निजी सम्पत्ति सरह एकाधिकार जमाई देश विदेशका बौद्ध धर्मावलम्बीहरुले बौद्ध परम्पराअनुसार बौद्धनाथ परिसरमा विभिन्न बौद्ध धर्मावलम्बी गोन्पा, संघ संस्थाहरुले पुजा आयोजना गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अनावश्यक विघ्नबाधा गरी पुजा गर्नलाई बञ्चित गर्दै आफूलाई गुरु रिन्पोछे (आचार्य पद्मसम्भव)को औतारी भनि ठग्दै आएको छ ।
’ कार्यक्रममा तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले वि.सं. २०४३ सालदेखि प्रचलित मूल्य मान्यता विपरित चिनियाँ लामा÷पुजारीको नियुक्ति गुठी संस्थानबाट हुँदै आएको जानकारी दिए । हालको चिनियाँ लामा एवं पुजारी भुपतिले बौद्ध स्तुपा विश्व सम्पदा नै मेरो हो भनि दाबी तथा सोही अनुरुप तालुक कार्यलय पुरातत्व विभाग र गुठी संस्थान समेतको आदेशलाई पनि वेवास्ता गरी स्वेच्छाचारी ढँगले सञ्चालन गर्दै निजले काम गर्दै आएको जानकारी दिए ।
उनले एक विज्ञप्ति नै जारी गरेर बौद्धनाथ चैत्य गुम्वाका पुजारी तथा बौद्ध घ्याङ गुठीका अध्यक्ष भूपतिबज्र लामाप्रति २० बुँदे असहमतिसहित गुठीका अध्यक्ष खड्गजित लामाले विज्ञप्ति जारी गरेका छन् । कार्यक्रममा अर्का वक्ता लुम्बिनी विश्व विद्यालयका पूर्वमाननीय सदस्य एवं मेलम्ची घ्याङ गुठीका कार्यवाहक अध्यक्ष पासाङ तेम्वा लामाले बौद्धनाथ स्तुपालाई कुरुप बनाउने नक्कली रिन्पोछे भूपतिलाई कारबाही नगरे बौद्धबासीहरु आन्दोलित हुने र आन्दोलनको नेतृत्व आफूँले गर्ने बताउनुभयो । बेलैमा यसतर्फ ध्यान नदिए आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् हुने कुरासमेत कार्यवहाक अध्यक्ष लामाले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #पुरातात्विक सम्पदा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्