राहदानी बनाइदिने बहानामा ठगी गर्ने ६ जना बीरगंजबाट पक्राउ

बीरगंज । राहदानी अर्थात् पासपोर्ट बनाई दिने भन्दै सर्वसाधारणलाई अनलाइन फारम भर्ने बहानामा ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो बीरगंजको घण्टाघरस्थित जिल्ला प्रशासन कार्यालय अगाडी रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी ६ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तहरूलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिनुभयो ।
अभियुक्तहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी बनाउन आएका सर्वसाधारणसँग अनलाइन फारम भर्ने बाहानमा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको तथा तत्काल पासपोर्ट बनाई दिने भन्दै प्रशासनको नाममा अनधिकृत रुपमा रकम माग गरी ठगी गरेको भेटिएको गुनासो सेवाग्राहीबाट आएपछि निजहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता पौडेलले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्