कैलालीका भन्सार कार्यालयबाट लक्ष्यअनुसारको राजस्व सङ्कलनमा कमी

काठमाडौँ । कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलनमा कमी आएको छ ।
दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको हो ।
आव २०७८/०७९ मा विभागले रु ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा कम रु नौ अर्ब ५८ करोड मात्र राजस्व उठेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिनुभयो ।
“यस वर्ष लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । यस वर्ष सङ्कलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत मात्र हो”, उहाँले भन्नुभयो, “यस वर्ष राजस्व लक्ष्यभन्दा कम उठेको छ ।”
अर्को खक्रौलास्थित सत्ती भन्सार कार्यालयबाट पनि लक्ष्यअनुसार राजस्व उठेको छैन । उक्त कार्यालयलाई गत आर्थिक वर्षमा रु २० करोड ५८ लाख, ६१ हजार राजस्व उठाउन भनिएकामा रु १० करोड, ६७ लाख, ९३ हजारमात्र राजस्व उठेको छ । यो लक्ष्यको ५२ प्रतिशत मात्र भएको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिनुभयो ।
“फागुनदेखि चैतसम्म कोरोनाको असर, विदेशी मुद्रामा परेको दवावका कारण राष्ट्र बैंकले १० वटा वस्तु आयातमा लगाएको रोक लगाएको थियो ।
यीलगायत विविध कारणले भन्सारमा सामान नआउँदा लक्ष्यअनुसार राजस्व उठाउन सकिएन”, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी केसीले भन्नुभयो, “धेरै सामान आयात भएमा धेरै राजस्व सङ्कलन हुन्थ्यो, आयात कम भएकाले राजस्वसमेत घटेको हो ।”
यी भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड भुजिया, दालमोठ, बिस्कुट, आलुजस्ता खाद्य वस्तुको आयात धेरै हुने गरेको छ, निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।–रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #कैलाली भन्सार कार्यालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्