Techie IT
सोमबार, वैशाख ८,२०८२

अबिरल बर्षा र बाढीका कारण तारकेश्वर साङ्गला पुलमा क्षती , सवारी आवत–जावत ठूलो समस्या


काठमाण्डौं । गएराती अबिरल बर्षा र बाढीका कारण तारकेश्वर नगरपालीकाका सबै वडाहरुमा प्रभाव पारेको छ । सबैभन्दा बढी प्रभाव वडा नं १ साङलामा पुलनै बगाएको छ । पुलमा क्षती हुँदा गोगंबु , छाप साङ्गला सडक पूर्ण रुपमा अवरुद्ध भएको छ  भने  वडा नं ३ जितपुर फेदीमा पहिरोले केहि घरहरु जोखिममा परेको छ ।

त्यस्तै वडा नं १,२,३,४,५,६ का धेरै सडकहरुमा बाढीका कारण क्षती पुगेको छ भने केहि घरहरु पहिरोका कारण जोखिममा परेका छन् ।

 

खोलाको बहाब अत्याधीक बढेपछि साङलेखोला करिडोर सहित अन्य खोला आसपासका स्थानीयहरु मध्यराती सम्म नसुती बसेका थिए ।

खोलाको आसपासमा नदि जन्य बालुबाको दोहनले पुल भासिदै गहिरहेको स्थानीयबासीको भनाई छ ।

स्थानीयले उक्त स्थानमा बालुवा झिक्ने काम तत्काल रोक्न माग गरेका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर साङ्गला पुलमा क्षती


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545