Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर नगरपालिकाको न्यायिक समितिले पायो पूर्णता


काठमाडौं, ४ साउन । तारकेश्वर नगरपालिकाको न्यायिक समितिले पूर्णता पाएको छ । दुई जना वडा सदस्यलाई बुधवार न्यायिक समितिको सदस्यका लागि चयन गरि सपथ ग्रहण गरेसंगै न्यायिक समितिले पूर्णता पाएको हो।

कार्यक्रममा नगर उप-प्रमुख तथा न्यायिक समितिकी संयोजक सृजना बुर्लाकोटी अर्यालले नवनियुक्त न्यायिक सदस्यहरु उज्वल अधिकारी र मीरा थापालाई सपथ ग्रहण गराएकी हुन् ।

उक्त कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्जनले सत्यको पक्षमा निर्णय गर्न न्यायिक समितिलाई सफलता मिलोस भन्दै नयाँ टिमलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा एघारै वडाका वडा अध्यक्षहरूको उपस्थित रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिकाको न्यायिक समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545