विभिन्न समसामयिक विषयहरूमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठक सुरु हुनासाथ सांसदहरुले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको ३ महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराउनुभयो ।
सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यसतर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भएपनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठाउनुभयो ।
यस्तै, बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसरी सरकारको ध्यानाकर्षण गराउने सांसदहरूमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तथा सांसदहरु प्रदीपकुमार ज्ञवाली, महेश बस्नेत, देब गुरुङ, रंगमती शाही भानुभक्त ढकाललगायत रहनुभएको छ ।
प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।
आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गरिने कार्यसूचीमा छ ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठन भएको संसदीय छानविन विशेष समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने लगायतका कार्यसूची रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा, #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्