Techie IT
आईतबार, वैशाख ७,२०८२

एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ


बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मङ्गलबार सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने वर्ष २७ का रोशन थारु र सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालले आफ्नै घरमा लुकाई राखेको करिव एक केजी पाँचसय ग्राम सुकेको गाँजासहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रोशन थारुको घरबाट एक केजी ३५० ग्राम र कमल कुमालको घरबाट दुईसय १० ग्राम गाँजा बरामद गरिएको हो । घरमै लागूपदार्थ गाँजा राखेर उनीहरुले विक्रीवितरण गर्दै आएको प्रहरीको भनाइ छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545