महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

नेपाल महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ ।
भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका लागि राजदूत नियुक्त गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो । प्रतिनिधिमण्डलले सरकारको उक्त निर्णय ले महिला उधमी प्रतिको विश्वास प्रतिबिम्बित भएको र सम्पूर्ण महिला उधमीहरुमा उत्साह मिलेको धारणा प्रधानमन्त्री सामू राखेका थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले एक महिलाको क्षमता दश पुरुष बराबर हुने र नेपाली महिलाहरुमा असिम संभावना रहेको अौल्याउदै नेपाल सरकार उनीहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले अनुशाशित योग्य र संस्कारी नागरिक सिर्जना गर्न एक जना महिलाले राष्ट्र, समाज र परिवारलाई दिने योगदान अन्यको दाजोमा धेरै हुने समेत बताए ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले महिला उधमीहरुबाट देशले धेरै आशा राखेको र महिला उधमीहरुले उत्पादनमुलक क्षेत्रमार्फत देशको आर्थिक विकासमा थप टेवा पुर्याउने विश्वास आफूले लिएको बताए ।
निकासीमुलक उत्पादनतर्फ जोड दिन आग्रह गर्दै उनले महिलाहरुद्वारा संचालित उद्योग र महिलामा उधमशिलताको विकास गर्न सरकार गम्भिर रहेको समेत बताएका थिए । प्रतिनिधिमण्डलमा महिला च्याम्बरका उपाध्यक्ष उर्मिला श्रेष्ठ, सुस्मा शर्मा लगायत कार्यसमिती सम्बद्ध २२ जना महिला उधमीहरु सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महिला च्याम्बर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्