नेकपा एमाले वागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं। नेकपा (एमाले) वागमती प्रदेश स्तरीय वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
मंगलबार विहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला सुरु भएको हो । प्रशिक्षणमा केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा रहेका छन् भने मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता काशीनाथ अधिकारीलगायत रहेका छन् ।
प्रशिक्षणमा वागमती प्रदेशभित्र कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरु (जिल्ला इन्चार्ज र सहइन्चार्ज), प्रदेश कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, वागमती प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु, सम्पूर्ण पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखहरु, सम्पूर्ण पालिकाका पार्टी कमिटीका अध्यक्षहरु, सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश भित्र कार्यक्षेत्र भएका मात्रै केन्द्रिय पदाधिकारीहरु, सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश कमिटीका अध्यक्षहरु, वागमती प्रदेशभित्र कार्यक्षेत्र भएका सम्पर्क समन्वय कमिटीका केन्द्रिय पदाधिकारीहरु,सम्पर्क मंच बाग्मती प्रदेश कमिटी पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु र राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सहभागी प्रतिनिधिहरु छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले वागमती प्रदेश संगठन कमिटी, #वागमती प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्