Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनको माडीबाट लागुऔषध सहित एक जना पक्राउ


चितवन । प्रतिबन्धित लागुऔषध सहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (सोमबार) लागूऔषध नाईट्राभेट ३१७ ट्याब्लेट, कोरेक्स १ बोतल सहित माडी नगरपालिका वडा नंम्बर ७ देवेन्द्रपुरबाट २१ बर्षीया सागर काफ्लेलाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा पैदल हिंडिरहेका उनलाई नियन्त्रणमा लिई रीतपुर्वक चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएको अवस्थामा लागूऔषध नाईट्राभेट ३१७ ट्याब्लेट, कोरेक्स १ बोतल फेला पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका काफ्ले विरुद्ध लागूऔषध ओसारपसार कसुरमा आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

पछिल्लो समय चितवन प्रहरीले जिल्लाको सुरक्षा ब्यवस्थालाइ कडाइ पारेसंँगै लागूऔषधका गिरोहहरु समेत धमाधम प्रहरीको फन्दामा पर्दै आएका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545