Techie IT
सोमबार, वैशाख ८,२०८२

मानव वेचबिखन तथा ओसारपसार गर्ने पक्राउ


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव वेचबिखन गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालक तनहुँ पोखरीभञ्याङ गाउँ बिकास समिति वडा नंम्बर ०५ बस्ने ४० बर्षीया कल्पना महरा रहेकी छिन् ।

उनले २२ बर्षीया एक युवतीलाई ललाईफकाई अनैतिक कार्यमा लगाई मानव बेचबिखन तथा ओसारपसारको कार्य गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका महरा विरुद्ध आज (सोमबार) सम्मानित चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545