झापामा अझै मल अभाव, ६० प्रतिशतमात्र रोपाइँ

भद्रपुर, झापा । यस वर्ष असार अन्तिमसम्ममा अघिल्लो वर्षको तुलनामा कम क्षेत्रफलमा रोपाइँ भएको छ ।
अघिल्लो वर्ष यस अवधिमा ७२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ सकिएको छ । असार अन्तिम सातादेखि वर्षा नहुँदा जिल्लामा गत वर्षको तुलनामा १२ प्रतिशत कम रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
जिल्लामा धान खेती हुने ८७ हजार पाँच हेक्टरमध्ये ५२ हजार पाँच सय हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
झन्डै दुई सातायता पानी नपरेर निराश बनेका झापाका किसानले आवश्यक मलसमेत पाउन सकेका छैनन् ।
हालसम्म झापामा धान खेतीका लागि चाहिने रासायनिक मलमध्ये ७ प्रतिशत मात्र आपूर्ति भएको छ ।
झापामा साल्ट ट्रेडिङमार्फत एक पटक मात्र १७ हजार २०० बोरा युरिया र १७ हजार बोरा डिएपी मल आएको थियो । त्यसयता मल नआएको किसानहरूको दुखेसो छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रोपाइँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्