नेष्डो को संचालक समितिमा विप्लव जंग हमाल निर्वाचित

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व हुने २ जना सञ्चालक मध्ये पर्वतका विप्लव जंग हमाल निर्विरोध निर्वाचित भएका छन ।
संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ। निर्वाचित सञ्चालकहरुले आँफूमध्येवाट सहमतिमा १ जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था रहेको छ। २ जना सञ्चालकको लागि ४ जनाको उम्मेदवारी दर्ता गराएका थिए।
अन्य २ जना उम्मेद्वारहरु तनहुँको भिमाद नगरपालिका–२ का तिर्थराज सुवेदी र काठमाण्डौँकी मनिषा प्रधान रहेका थिए। निर्वाचन कार्यक्रमको अवधिमा सुवेदी र प्रधान मतदानपूर्वको सहमतिका क्रममा उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिखित घोषणा गरेपछि हमाल निर्विरोध घोषणा भएका निर्वाचन अधिकृत विश्वराज पाण्डेले जानकारी दिए।
क्याटेगोरी : स्थानीय
ट्याग : #नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्