भिमसेन थापाको अध्यक्ष ले एकलौटि गरेको भन्दै उपाध्यक्ष सहित २० सदस्यले गरे गाउ सभा बहिष्कार

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले एकलौटी गरेको भन्दै २० जना सदस्यहरूले गाउँसभा नै बहिष्कार गरेका छन्। गाउँसभामा अध्यक्ष बञ्जराले एकलौटी गरेको भन्दै गाउँपालिका उपाध्यक्ष अमृतादेवी भट्ट वस्तीसहितले बहिष्कार गरेका हुन्
गाउँपालिकाको योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने व्यवस्था भए पनि अध्यक्ष बञ्जराले हस्तक्षेप गरेको, उपाध्यक्षलाई भूमिका बिहीन बनाइएको, उपाध्यक्षकै संयोजकत्वमा हुने न्यायीक समितिमा पनि परामर्श नगरी अध्यक्षले सदस्य प्रस्ताव गरेको, लेखा समितिमा एकलौटी गरेको भन्दै विरोध भएको हो।
आज शुक्रबार २० सदस्यले नै अध्यक्ष बञ्जराको कार्यशैलीप्रति विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। गाउँसभा सदस्यहरूले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम स्पष्ट रुपमा कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मति गर्नुपर्ने व्यवस्थापन हुँदाहुँदै प्रयास नै नगरेको र आफूखुसी निर्णय गरेको बताएका छन्।
उनीहरूले गाउँपालिका अध्यक्षलाई आगामी दिनमा यसखाले क्रियाकलापबाट सिर्जना हुने परिस्थितिको सामना गर्न पनि चेतावनी दिएका छन्।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #भीमसेन थापागाउँपालिका, #लोकप्रसाद बञ्जरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्