कानुनमन्त्री कार्कीले पत्रकारलाई धम्की दिएको प्रति पत्रकार महासंघको ध्यानाकर्षण
विराटनगर। नेपाल पत्रकार महासंघले प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारलाई लक्षित गर्दै दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्री कार्कीले विराटनगर महानगरपालिका–१२ स्थित सुकुम्वासी बस्ती निर्माणका लागि प्रदेश सरकारले ल्याएको बजेटका बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर अन्तर्वार्ताका क्रममा पत्रकारलाई नै धम्कीपूर्ण भाषा प्रयोग गरेका महासंघ मोरङ शाखाले जनाएको छ ।
कार्कीले असार २७ गते सोमबार दिएको अन्तर्वार्तामा मन्त्री कार्कीले ‘समाचार लेख्ने पत्रकारले बलात्कार ग¥यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्ने जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।
महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारमा जान सकिने प्रावधान रहेको उल्लेख गर्दै मन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा आसिन व्यक्तिबाट व्यक्त भएका धारणा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी भएको बताएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकारलाई पेशा प्रति हतोत्साहित र असुरक्षित बनाउने यस किसिमको धम्कीको कडा भत्र्सना गर्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकार र स्वतन्त्रताको ख्याल र सम्मान गरी यस्ता हर्कत नदोहो¥याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्