गठबन्धनलाई संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने जसपाको निर्णय

काठमाडौं । विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँचदलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्षउपेन्द्र यादवले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । स्थानीय चुनावका केही तिता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवको भनाई छ । छआगामी निर्वाचनमा तालमेल गरेरै जाने हाम्रो निष्कर्ष छ,’ उनले भने ।
यादवले पार्टीको हितविपरीत काम गरेकाले डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरिएको बताए । आफूहरुसँग पार्टीको दुईतिहाइ शक्ति रहेको उनको दाबी छ । उनले आफूहरुले चाहेजस्तो नागरिकता विधेयक संसदबाट पारित हुन लागेको भन्दै खुशी व्यक्त गरे । बाबुआमाले जुनसुकै नागरिकता पाएको भए पनि छोराछोरीले वंशजकै नागरिकता पाउने व्यवस्था यस विधेयकले गरेको यादवको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपेन्द्र यादव, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्