माओवादीबाट निर्वाचित वडाध्यक्ष रेग्मीले जाँड खाएर प्रहरीमाथि दुर्व्यवहार

धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ८ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष रामकृष्ण रेग्मीले जाँड खाएर प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।
रेग्मीले कलंकीको एक होटलबाट मादक पदार्थ सेवन गरेर सरकारी बाइकमा पछाडि विष्णु रेग्मीलाई राखेर कलंकीबाट नौबिसे तर्फ जाँदै गर्दा नागढुङ्गा चेकपोस्टले रोक्न खोज्दा उल्टै प्रहरीलाई गाली गलौज गरेका थिए ।
उनले प्रहरीले मापसे चेक गर्न खोज्दा औँला ठड्याउँदै, छाती पिट्दै तथानाम अपशब्द गरेका थिए ।
त्यहाँबाट भागेर जाने क्रममा पिप्लामोडमा ट्राफिकले रोकेर मापसे चेक गर्न खोज्दा उल्टै ट्राफिकको मापासे चेक गर्ने ब्रेथलाइजर नै खोस्न खोजेका थिए ।
केहिबेरको भनाभनपछि रेग्मीलाई नागढुङ्गा प्रहरीले नियन्त्रणमा लिई ५ घन्टा थुनेर छोडेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #धुनिबेशी नगरपालिका, #रामकृष्ण रेग्मी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्