Techie IT
बुधबार, वैशाख १०,२०८२

आज मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ ।  मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आकस्मिक बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।

उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय लिनेछ । दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मन्त्रिपरिषद्को


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:29 am6:34 pm +0545