Techie IT
सोमबार, वैशाख ८,२०८२

लागूऔषध गाँजा सहित एक जना पक्राउ


चितवन । चितवनमा ९०० ग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर १४ बस्ने ५८ बर्षीया राम बहादुर थापा क्षेत्री रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गितानगर चितवनबाट खटिएको प्रहरीको टोलिले हिजो बुधबार दिउँसो ३ बजेको समयमा उनलाई पक्राउ गरेको हो ।विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले उनको घरमा रितपुर्वक खानतलासी गर्ने क्रममा घर, कोठामा लुकाईछिपाई बेचबिखनको लागी प्लास्टिक तथा कागजको टुक्रामा सानो सानो पोका बनाईराखेको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध लागूऔषध गाँजा कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545