Techie IT
सोमबार, वैशाख ८,२०८२

गाई/गोरुको जस्तो देखिने मासु सहित तीन जना पक्राउ


चितवन । चितवनमा गाई/गोरुको जस्तो देखिने मासु सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अटो चालक धादिङ रुवी भ्याली वडा नंम्बर ५ बस्ने २८ बर्षीया शंकर तामाङ, भरतपुर १० बस्ने ४५ बर्षीया प्रतिक ठकुरी र कास्की पोखरा महानगरपालिका वडा नंम्बर ११ बस्ने ३५ बर्षीया होम घिमिरे रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीको चेकिङ टोलिले आज बिहीबार बिहान ०३:३० बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ह ३९६९ नंम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटोमा प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको गोरु/गाईको जस्तो देखिने मासु (मांस), खुट्टा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु विरुद्ध पशुंपन्छि सम्बन्धी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545