पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ संस्मरणात्मक कृति विमोचन

काठमाडौं, ०७ पौष – पुष्पराज पौडेलको संस्मरणात्मक कृति ‘शिक्षाका ती दिन’ को विमोचन गरिएको छ । शनिबार हेडस नेपालद्वारा पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रम माझ उक्त पुस्तकको विमोचन पूर्व शिक्षा मन्त्री एबम् साहित्यकार मोदनाथ प्रश्रितले गरे ।
पुस्तक विमोचन पस्चात कार्यक्रम माझ बोल्दै पूर्व मन्त्री प्रश्रितले ‘शिक्षाका ती दिन’ नेपालमा बिगत राणाकाल देखीको शिक्षण अवस्थालाई चित्रण गरेको उल्लेख गर्दै पौडेलको कृति इतिहासको दस्ताबेज रहेको उल्लेख गरे । साथै उनले पौडेलको लेखनी सरल र सरसपूर्ण रहेको भन्दै मुक्तकण्ठले प्रसम्शा समेत गरे ।
कार्यक्रममा कृतिकार पुष्पराज पौडेलले शिक्षाको महत्वलाई उजागर गर्ने उदेश्यका साथ आफूले निजी जिबनमा देखेका भोगेका, सुनेका कुराहरुलाई पुस्तकको रुपमा उतार्न खोजेको राय पेश गरेका थिए । कृतिको समिक्षl गर्दै साहित्यकार तिर्थराज वन्तले पुष्पराज पौडेलको शब्द चयन एबम भाषा शैलीमा उनको ब्यक्तित्व झै मिठासपन पाइने बताउँदै उक्त कृतिले आधुनिक शिक्षा र बिगत को शिक्षाको अवस्था बिच तुलना गर्न सेतुको रुपमा काम गर्ने भएकोले सो कृति निकै उपयोगी रहेको धारणा प्रकट गरे ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै हेड्स नेपालका अध्यक्ष ईश्वर चन्द्र बानियाले पुष्पराज पौडेलको ब्यक्तित्व निकै सरल र नैतिकवान रहेको उल्लेख गर्दै सो कृति हेड्स नेपालको प्रकाशनमा छापिनु गर्वको बिषय रहेको धारणा राखेका थिए । कार्यक्रममा संगीत तथा नाट्य प्र ज्ञा प्रतिष्ठानका प्रा ज्ञ नमूना शर्मा, शिक्षासेवी अरुण खनाल, श्रीकान्त शर्मा खतिवडा, साहित्यकर्मी तथा संचारकर्मी रमेश पौडेल, साहित्यकर्मी पुष्पा खनाल, हेडस नेपालका महासचिब रामकृष्ण धरेल लगायतले मन्तब्य धारणा राखेका थिए ।
बि. स. २०११ सालमा तनहुँ स्थित पुर्कोट ढकाल गाउमा जन्मिएका पुष्पराज पौडेल नेपाल रेडक्रस सोसाईटीका पूर्व कार्यकारी निर्देशक हुन । नेपाल रेडक्रस सोसाईटीमा ४ दशक लामो जागिरे जीवनबाट सेवा निब्रित्त पौडेल त्यसअघि शिक्षण पेशामा संलग्न रहदै आएका थिए । यस अघि उनको ‘रेडक्रसकर्मी उ’ कृति प्रकाशित भैसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शिक्षाका ती दिन'
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्