Techie IT
सोमबार, वैशाख ८,२०८२

मकवानपुरका १० स्थानीय तहको कुल बेरुजू ६६ करोड ८६ लाख


मकवानपुर। मकवानपुरका १० स्थानीय तहको कुल बेरुजू ६६ करोड ८६ लाख बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०७६/०७७ भन्दा करिब १० करोड बेरुजू वृद्धि भएको उल्लेख छ ।

आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका १० स्थानीय तहमा ५७ करोड ७३ लाख ८२ हजार रुपियाँ बेरुजू रहेकामा आर्थिक वर्ष २०७७/०७८ मा त्यो बढेर कुल बेरुजू ६६ करोड ८६ लाख ६९ हजार पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा कम बकैया गाउँपालिकाका १.०२ प्रतिशत र सबै भन्दा बढी मनहरी गाउँपालिकाको १०.२५ प्रतिशत बेरुजू रहेको छ ।

प्रतिवेदन अनुसार बकैया गाउँपालिकाको कुल १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपियाँको लेखा परीक्षण हुँदा १ करोड ५२ लाख ६८ हजार अर्थात् १.०२ प्रतिशत बेरुजूकायम भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम लेखा परीक्षणमा जिल्लाको थाहा नगरपालिकामा सबै भन्दा कम बेरुजु रहेको थियो ।

त्यसैगरी दोस्रो कम बेरुजू बागमती गाउँपालिकाको २.३३ प्रतिशत, तेस्रो हेटौँडा उपमहानगरपालिका ३.१७, चौथो स्थानमा थाहा नगरपालिका ३.९६ प्रतिशत कायम रहेको छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाको ५.०१ प्रतिशत, कैलाशको ५.३९, भिमफेदीको ४.६९, मकवानपुरगढीो ५.५६, राक्सिराङको ४.१६ र मनहरी गाउँपालिकाको सबैभन्दा बढी १०.२५ प्रतिशत बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मकवानपुर, #स्थानीय तह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545