Techie IT
आईतबार, वैशाख ७,२०८२

गोरखाका पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्दारमा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाउँ नै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए ।

पहिरोबाट विस्थापितलाई उद्दार गर्न वुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताए । पहिरोले ६ घर पुरेको छ । मानवीय क्षति भने भएको छैन । –रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आरुघाट गाउँपालिका, #गृहमन्त्री, #बालकृष्ण खाँण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545