टोखाभित्र दिर्घकालीन रुपमा फोहोर ब्यवस्थापन गर्न मेयर अधिकारीको सक्रियता : ५ सदस्सीय समिति गठन

टोखा काठमाडौं । टोखा नगरपालिका भित्र फोहोर बढ्दै गएपछि नगरपालिका प्रमुख प्रकाश अधिकारी दौडधुपमा जुटेका छन् । नगर कार्यपालिकाको बैठकबाट फोहोर व्यवस्थापनको निर्णय भएपछि नगर प्रमुख अधिकारी फोहरको दिर्घकालीन ब्यवस्थापन गर्न जुटेका हुन् ।
नगरभित्र बढ्दो शहरीकरण तथा जनसंख्याबृद्धिका कारण फोहोरको अनुपात बढ्दो छ र काठमाडौं उपत्यकामै यसको ब्यवस्थापनको मूख्य चुनौती रहेको छ ।
तसर्थ चुनावको बेला जनतासंग शुन्दर , सफा र हराभरा टोखा निमार्ण गर्न गरेको बाचा र नगरपालिकाको दायीत्व अनुरुप फोहोर ब्यवस्थापन अभियानलाई तिब्र बनाइएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनु भयो ।
फोहोर सामाजीक जिवनसंग गाँसीएको बिषय हुनाले आज नगरपालिकामा उपमेयर मुरारी तामाङ्ग , प्रमुख प्रशासकीय अधिकृत शंकर पाठक , बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक नरोत्तम राना सहित टोखा नगरपालिका भित्र फोहोर ब्यवस्थापनमा काम गर्ने बिभिन्न ९ वटा संस्थाहरुको उपस्थीतीमा बैठक बसेको छ ।
बैठकमा टोखा नगरपालिका भित्रका फोहोरलाई दिर्घकालीन रुपमा कसरी ब्यवस्थापन गर्ने , कसरी प्रबिधिमैत्री बनाउने , घरधनीलाई कार्ड तथा ढुवानीका सवारी साधनहरुलाई टाईम कार्ड मार्फत संचालन कसरी गर्ने लगायतका बिषयमा छलफल भएको छ ।
सोही बैठकले फोहोरको दिर्घकालीन ब्यवस्थापन तथा नयाँ अवधारणा निमार्ण गर्न ५ सदसीय समिति गठन गरेको छ । जसमा अध्यक्ष बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक नरोत्तम राना अध्यक्ष , सदस्य सचिवमा लोकेन्द्र बिष्ट र सदस्यहरुमा राजन प्रजापति , सर्मीला पौडेल र भूपाल आचार्य रहेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखाभित्र दिर्घकालीन रुपमा फोहोर ब्यवस्थापन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्