ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रमको तयारी

काठमाडौं । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई साथ दिँदै राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ठमेलस्थित छायाँ सेन्टरमा हुन लागेको क्रिशमस सेलिब्रेसनमा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति रहनेछ । भब्य तयारी भैरहकेको सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनलाई मनोरञ्जन दिन मंगोलियन हार्टका राजु लामासँगै स्वदेशी तथा विदेशी सांगितिक ब्याण्ड तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नेपाली मोर्डन संस्कृतिको जगेर्नाका लागि छायाँ सेन्टर, ओजि लाउन्जले सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोजक दिनेश श्रेष्ठका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनको लागि काठमाडौको मुटु ठमेलमा नयाँ वर्ष तथा क्रिसमसलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो ।
यही डिसेम्बर २४ अर्थात् पुस ९ गतेका दिन हुन लागेको कार्यक्रममा १८ सय देखि २ हजार स्वदेशी तथा विदेशी दर्शक आउने लक्ष्य आयोजकले लिएको छ । साथै टेबल सिटको अग्रिम बुकिङ पनि खुला भइसकेको छ । नयाँ बर्ष २०१९ का दिन पनि विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा दिपक ब्रज्राचार्यको बिशेष प्रस्तुति रहने छ भने अन्य कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् । दिनेश श्रेष्ठकै आयोजना रहेको कार्यक्रलाई छाँया सेन्टर, ओजी लाउञ्ज, पोजेटिभ भाईबेस तथा नेपाल म्युजिकले सपोर्ट गर्ने भएका छन् ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्