घरको ढोका फोर्ने औजारसहित १६ वर्षमूनिका चारजना पक्राउ

काठमाडौं । चोरी गरिएका विभिन्न सामानहरु सहित ४ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने काभ्रे फुलबारी घर भएका प्रज्वल तामाङ, काठमाडौं ढल्कु बस्ने रामेछाप घर भएका अनिल तामाङ, काठमाडौं स्वयम्भु बस्ने मकवानपुर पालुङ घर भएका राजिब देउला र काठमाडौं पक्नाजोल बस्ने दोलखा सिंगटी–२ घर भएका निमा तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका–३ पानीपोखरीस्थित सडकबाट प्रज्वल तामाङ, अनिल तामाङ र राजिब देउलालाई प्रहरीले घर फोर्ने औजार २ थान, फलामको मासु काट्ने हतियार १ थान, पेचकस ३ थान, छिनो २ थान, ल्यापटप १ थानसहित प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई थप सोधपुछ गर्ने क्रममा उनीहरुले निमा तामाङको सहयोगमा विभिन्न स्थानमा घर फुटाई चोरी गरेको सामानहरु काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित तण्डुकार होटलमा लुकाई छिपाई राखेको भन्ने जानकारी दिए पश्चात उक्त होटल तथा निमा तामाङको कोठा समेतबाट चोरी गरिएका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको हो ।
प्रहरीले उक्त होटल तथा निमा तामाङको कोठाबाट ल्यापटप २ थान, मोबाइल ९ थान, धलौटको मुर्ती १ थान, सुन जस्तो देखिने औठी १ थान, तिलहरी १ थान, चाँदीको पाउजु १ थान, चाँदीको चुरा २ थान, चाँदीको औठी २ थान, चाँदिको सिक्री १ थान, क्रमशः मोडेल ५० लेखेको क्याप्सुल ७५ थान, घडी १ थान, पेस्तोल आकारको लाईटर १ थान, लेडिजको सानो हाते ब्याग १ थान र लुगा बोक्ने झोला २ थान बरामद गरेको छ । पक्राउ परेका सबै १६ वर्षमूनिका रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्