सत्तारूढ नेकपाका नेता भण्डारी सम्पर्कविहीन

नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ ।
तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन हुनुभएको उहाँकी पत्नी गीता भण्डारीले बताउनुभयो । “हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो ।
नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाड्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उहाँ सम्पर्कविहीन हुनुभएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
बुधबार बिहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किनुभएको कलेजका सञ्चालक भाष्कर निरौलाले बताउनुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उहाँसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सम्पर्कविहीन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्