Techie IT
शनिबार, वैशाख ६,२०८२

विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग नेपाल पराजित


काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा भएको पहिलो खेलमा नेपाल खराब ब्याटिङका कारण नामिबियासँग ४० रनले स्तब्ध भएको हो ।

जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका लागि आरिफ शेख सर्वाधिक ५० रनमा अविजित रहे । अन्य खेलाडी भने गैरजिम्मेवार प्रदर्शन गर्दै पेभेलियन फर्किए । देव खनालले ३४ रन तथा ओपनर कुशल भुर्तेल २७ रनमा आउट भए । करण केसी १९ रन तथा ओपनर आसिफ शेख १४ रनमै समेटिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनाएकाे थियाे।नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१, गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २, करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल आइसिसी विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545