भारतमा भारी वर्षाका कारण आएको बाढीले जनजीवन कष्टकर

काठमाडौँ । भारतमा भारी वर्षाका कारण आएको बाढीले जनजीवन कष्टकर बनेको छ ।
पछिल्लो तथ्यांकअनुसार भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बाढी प्रभावित १० हजार बढीलाई सुरक्षित स्थानमा लगिएको छ । त्यस्तै, आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।
मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन प्रभावित बनाएको उल्लेख छ । भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सजग रहन अपील गरेको छ ।
गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो भने वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #बाढीले जनजीवन कष्टकर, #भारी वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्