राष्ट्रियसभा बैठकबाट ४ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विभिन्न ४ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेश गर्नुभएको सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भयो ।
यस्तै बैठकमा कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले पेश गर्नुभएको फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधन सम्बन्धी केही कानून संशोधन बनेको विधेयक तथा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।
छलफलका क्रममा सांसदहरू अनिता देवकोटा, विमला पौडेल राई, तुलसाकुमारी दाहाल, गङ्गाकुमारी बेल्वासे दिलकुमारी रावल थापा पार्वती लगायतले शारीरिक तथा मानसिक रुपमा असक्त तथा नाबालिका विरुद्ध हुने यौन हिंसाको मुद्दामा हदम्याद हटाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते बिहीबार बिहान ११ बजे पुनः बस्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #४ वटा विधेयक पारित, #राष्ट्रिय सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्