राष्ट्रिय सभामा सांसदहरुद्धारा मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । आजको राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बामदेव गौतमले प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्ष तथा समितिहरूमा रिक्त रहेका सभापति पद तत्काल पूर्ति हुनुपर्ने माग गर्नुभयो ।
सांसद गौतमले लामो समयदेखि रिक्त रहेका उक्त पदहरूमा पुरुष राख्ने व्यवस्था भएको भए तत्काल पुरा हुने आशङ्का व्यक्त गर्दै संविधानले महिला अनिवार्य गरेको विषय बिर्सन नहुने बताउनुभयो ।
विशेष समयमा बोल्दै सांसदहरुले कानुन निर्माणमा उदासीनता देखाउन नहुने, मौलिक हक सम्बन्धी कानुन बनाएपनि कार्यान्वयन फितलो भएको, राष्ट्रिय सभाको शून्य तथा विशेष समयमा सांसदले राखेका विषयमा सम्बन्धित मन्त्रीहरूले पाँच दिन भित्र जवाफ दिनुपर्ने कानुनी व्यवस्था कडाइ पूर्वक लागू हुनुपर्ने माग गर्नुभयो ।
सांसदहरुले जातीय छुवाछुत विरुद्धको कानुन कडाइपूर्वक लागू गर्नुपर्ने, विकास निर्माणको काम ढिलासुस्ती भएको, मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले श्रीलङ्कामा गलत आर्थिक नीतिका कारण अहिलेको अवस्था आएको उदाहरण दिँदै नेपालले छिमेकीलाई खुसी पार्न मात्र ऋण लिन नसक्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #राष्ट्रिय सभा, #वृद्धि घटाउन सरकारको ध्यानाकर्षण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्