Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखामा ६ महिनाकी गर्भवती महिलाको हत्या, ४ जना पक्राउ


प्रहरीले टोखा नगरपालिका–८ मिलनटोलकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

अजितालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई आज नियन्त्रणमा लिएको हो ।

मुगु टोरु गाउँपालिका–८ घर स्थायी भएकी अजिताको आइतबार राति मुख थुनी घाँटी थिचेर हत्या भएको थियो । उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।

आफूमाथि सौता हालेको र खानलाउन नदिएको रिसले धर्मराज शाहीकी जेठी श्रीमती (विष्णुमाया)ले कान्छी श्रीमती (अजिता) को हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।

हत्या आरोपमा विष्णुमायासँगै उनकी बहिनी २६ वर्षीया भगवती मल्ल, भदा २१ वर्षीय गण्डिपराज मल्ल र  गण्डिपराजकी प्रेमिका २३ वर्षीय रीता केसी पक्राउ परेका छन् ।

मृतक अजिता ६ महिनाको गर्भवती थिइन् । उनीहरु सबैले अजिताको हत्या गरेको स्वीकार गरेको महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए ।

रातोपाटी बाट साभार

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गर्भवती महिलाको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545