भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत
काठमाडौँ । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।
मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गर्नुभयो ।
जनही रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरिएको छ ।
भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’९कट्टेल०, संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उहाँहरूलाई नगदसहित ताम्र पत्रद्वारा पुरस्कृत गरिएको छ ।
जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवं साहित्य विधामा धनकुटाका डा यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापा सम्मानित हुनुभएको छ ।
यस्तै, संस्कृति विधातर्फ ओखलढुङ्गाका डा लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा.राजकुमार सुबेदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा त्रैलोक्यनाथ जोशी पुरस्कृत हुनुभएको छ ।
ललितकला विधामा क्रमशः छितेन शेर्पा (झापा), पुनम कुमारीदेवी(महोत्तरी), जवीन राजोपाध्याय (काठमाडौँ), तिलकप्रसाद पुन (पोखरा), खेमबहादुर विक (रुपन्देही), कोशलकुमार हमाल (मुगु) र महेन्द्र पुन मगर(डडेल्धुरा)लाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी सङ्गीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल (मोरङ), रामनारायण ठाकुर (जनकपुरधाम), नवीन पौडेल )काठमाडौँ), केशरी घर्ती मगर(पोखरा), उन्नती बोहरा (रुपन्देही),, उत्तम शर्मा (उत्तरगङ्गा ) र अम्बरबहादुर लामा (डोटी)पुरस्कृत हुनुभएको छ ।
मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, २०७८ बाट कविता/काव्य विधामा डा बेञ्जु शर्मा काठमाडौँ, निबन्ध/समालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखना/नाटकतर्फ डा पुष्करराज भट्ट कैलाली, बाल साहित्य/लोक साहित्यमा विजय चालिसे काठमाडौँ, र भाषा साहित्य विधामा आरडी, प्रभास चटौत डडेलधुरालाई पुरस्कृत गरिएको छ ।
त्यस्तै भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुहुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली हुनुहुन्छ । यो पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७९ कविता विधामा दाङ्का डा अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ ।
त्यसैगरी मन्त्रालयले यसै वर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ ।रासस
क्याटेगोरी : समाचार
ट्याग : #भाषा, #संस्कृति, #साहित्य
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्