म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु: मेयर साह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् ।
महानगरपालिकाले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएपछि विवाद भएको थियो । महानगरले र्यापर यम बुद्धको सालिक बनाउने निर्णय गरेपछि त्यसको पक्ष र विपक्षमा तर्क आइरहेका बेला बालेनले आफ्नै तलबको रकमले सालिक बनाउने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै तलबको रकमले यम बुद्धको सालिक बनाउने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन साह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्