Techie IT
सोमबार, वैशाख ८,२०८२

४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात


काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ ।

नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अलैँची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545