Techie IT
मंगलबार, वैशाख ९,२०८२

साझा यातायातका विद्युतीय बस आजदेखि सञ्चालनमा आउने


काठमाडौँ । साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजदेखि सञ्चालनमा आउने भएका छन्।

पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका बताइएको छ।

साझा यातायातले विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने भएको छ। साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।

जसमा चिनियाँ कम्पनी सीएचटीसीका बस खरिद सम्झौता गरेको छ। त्यसमध्ये ३ वटा बस परिक्षणका लागि नेपाल आइसकेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विद्युतीय बस, #साझा यातायात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545