Techie IT
आईतबार, वैशाख ७,२०८२

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर २०४३.६६ को बिन्दुमा पुगेको छ ।

बुधबार कुल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० मूल्यमा खरिद बिक्री भए । नेप्से बढे पनि मङ्गलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब ७८ करोडको कारोबार भएको थियो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटाले गुमाए भने बाँकीको सेयर मूल्यमा बढेको छ । बैंकिङ ०.०५, निर्जीवन बीमा ०.४२ र सामूहिक लगानी कोष ०.५६ प्रतिशतले ओरालो ले भने अन्य सबैको सेयर मूल्य उकालो लागेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से, #सेयर कारोबार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545