Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपा माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने


काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग छलफल गर्ने भएको छ ।

पछिल्लो समयले सरकारले ल्याएको बजेटमाथि उठेका प्रश्नका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग माओवादीले छलफल गर्ने भएको हो ।

आज विहान बसेको माओवादी पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट बजेटमा करको दर हेरफेर गराइएको भन्दै शर्माको राजीनामा माग गरेको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भइरहेको छ ।

अर्थमन्त्रीको कुकृत्यका बारेमा चौतर्फी आलोचना हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनुले उनको नियतमा पनि प्रश्न खडा भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #hot, #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545