Techie IT
आईतबार, वैशाख ७,२०८२

सांसद दुलालको अगुवाईमा ज्येष्ठ नागरिकलाई भजनकिर्तन सामाग्रि हस्तान्तरण


काठमाडौं । प्रदेश सांसद गणेश दुलालको अगुवाईमा ज्येष्ठ नागरिकलाई भजनकिर्तन सामाग्रि हस्तान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिका ३१ नम्बर वडामा रहेका बिभिन्न मन्दिरमा भजनकिर्तन गर्ने ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सरकारको तर्फबाट दुलालको पहलमा उक्त सामाग्रि बितरण गरिएको हो।

काठमाडौंको भिमसेनगोलादेखि शंखमुलसम्म सामाजिक कार्यमा संलग्न ज्येष्ठ नागरिकलाई मायाको चिनो स्वरुप भजनकिर्तन सामाग्रि बितरण गरिएको सांसद दुलालले बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिकलाई भजनकिर्तनमा प्रयोग हुने खैजडी, झयाम्टा, दमाहा, मादल, हार्मोनियम लगायतका समाग्रि हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #गणेश दुलाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545