Techie IT
सोमबार, वैशाख ८,२०८२

काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा


काठमाडौं । काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले जानकारी दिएको छ ।
असार १८ गते शनिबार दिनको ठिक १:०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा काख्रे चलचित्रको प्रिमियर शो हुनेछन् । कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो । असार ३ गते काख्र चलचित्रको टेलर सार्वजनिक भएको थियोे । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय नाँचघर जमलमा प्रिमियर शो हुने जानकारी दिएका थिए ।
अहिले सम्पूर्ण तयारी पूरा भएको काख्रे निर्माण टिमले बताएका छन् । काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको चलचित्र भएको बताएको छ । यसैगरी निर्देशक रोशन फ्युवाले अहिलेसम्मकै तामाङ समुदायको ब्याङ्ग्यात्मक पहिलो चलचित्र भएको दाबी गरेका छन्।
नायिका सुनिता लुङ्वाको भनाइ भने यस्तो छ । “मैले यो चलचित्रमा फरक भुमिकामा अभिनय गरेको छु । यो भन्दा धेरै चलचित्रहरुमा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो तर यो चलचित्रले जस्तो फरक सन्देश अरु चलचित्रबाट दिन सकेको थिएन तर असार १८ गते सबैले राम्रै सन्देश बोकेर जानेछन् भन्नेमा म ढुक्क छु ।” काख्रे चलचित्रले वर्तमान युवाहरूले काठमाडौंमा बोकेका समस्याहरुलाई प्रमुख मुद्दाको रुपमा प्रस्तुत गरेको पाइन्छ ।
काठमाडौंको डिस्कोथेग तिर महिलाहरुको जीवन अवस्थाको बारेमा काख्रे चलचित्रबाट थाहा पाउने लेखक ऋतुराज पाख्रिनको दाबी रहेको छ । यो चलचित्रमा नायिका सुनिता लुङ्वा, नायक ऋतुराज पाख्रिन,हास्यकलाकार कुइसाङ रुम्बा मोडल प्रभा घिसिङ लगाएतको कलाकारहरुको अभिनयबाट आन्नद लिन सकिने छन् ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #काख्रे चलचित्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545