२१ वर्षपछि ६६० भन्सार एजेन्ट छनाैट

काठमाडौं । भन्सार विभागले २१ वर्षपछि पहिलो पटक ६६० जना भन्सार एजेन्ट छनाैट गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी ६६० जनालाई छनाैट गरेको विभागले जनाएको छ ।
भन्सार एजेन्टको संख्या कम भएको भन्दै विभागले २०५७ साल पछि ६६० जना एजेन्टका लागि २०७७ चैत १६ गते आवेदन माग गरेको थियो । उक्त पदका लागि १० हजार बढीले आवेदन दिएका थिए । पटक पटक परीक्षा स्थगित हुँदै आएपनि विभागले दुई वर्ष पछि गत महिना परीक्षा सञ्चालन गरेको थियो ।
भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि भएसँगै एजेन्टको संख्या न्युन भएपछि सरकारले ६६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय गरी आवेदन गरेपनि विभागले छनौट प्रकृया अघि बढाएको थियो ।
समयक्रमसँगै भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि हुँदा एजेन्ट थपिन सकेको थिएन । हाल ३८ मूल भन्सारमध्ये २८ वटा सञ्चालनमा छन् । निकासी र पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्नु पर्ने व्यवस्था छ ।
२०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति हुन सकेको थिएन । हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । यी मध्ये हाल १६९ जना भन्सार एजेन्टले मात्र अनुमतिपत्र नवीकरण गराएको विभागको तथ्याङक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भन्सार विभाग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्